सफायर एस्थेटिक सञ्चालनमा



काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै शनिवारदेखि सफायर एस्थेटिक सञ्चालनमा आएको छ । कलाकारहरु प्रशान्त ताम्राकार, प्रियंका कार्की तथा आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन गरेका छन् ।

सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने छ ।

यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायतदक्षविशेषज्ञ टिमबाट सेवाप्राप्त गर्न सकिने छ । जहाँ नयाँ टेक्नोलाजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ । यसबाट फेसियल एनलाईसिस, वडी कम्पोजिसन एनालाईसिसको सुविधाप्राप्त गर्न सकिन्छ । क्रायोलाइपोलाईसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), इएनटी स्लिमिंग (यसबाट बोसो पगालेर मसल्स स्ट्रेन्थिंग गर्ने), जसका लागि अब विदेश जानु नपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा। पूजा राजभण्डारीले जानकारी दिइन् ।

यसबाहेक सफायर एस्थेटिकमा फेसियल कन्टोरिंग गर्ने हाइफु प्रविधिको सुविधा छ, जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्वपूर्ण हुनेछ । यसबाहेक कार्वन डाइअक्साइड लेजर, जसमा कार्वन फिलिङ, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइड्रा फेसियल लगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् ।

यसले सुन्दर बनाउनुका साथै तपाईंको आत्मबल र आत्मविश्वास बढाउन मद्धत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ । विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र बेटर रुपमा अघि बढाउन आफ्नो सेवा नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा। पूजा राजभण्डारीले बताइन् ।

विगत ५ वर्षदेखि नन सर्जिकल प्रोस्युडर पनिअहिले वुमिँ विषय भएर निस्किएको छ । अहिले ननसर्जिकल मेथडहरुमा विश्वव्यापी रुपमा सौन्दर्यलाई कसरी राम्रो बनाउने भन्ने बारे रिभोलुसन नै आएको छ । उनी भन्छिन्– ‘आफ्नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स बढेको र भित्रै देखि खुशी हुने गरेको पाइएको छ । यसले काम गर्ने ठाउँमा इफिसियन्सी बढेको देखिन्छ ।’