मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेको छ। राजकीय मामिलाहरु सुल्झिने छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रलाई सहयोग गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छिटो सफलताको लागि कानुन विपरीत कार्य नगर्नुहोला। कार्यको सुरुवातीमा आत्मविश्वासी बन्नुहोस्। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लेखन वा सामाजिक सञ्जालको कार्य बाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तहरूको साथमा चलिरहेको वादविवाद सुल्झिनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। कलाको क्षेत्रमा विशेष सफलता प्राप्त होला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारी व्यापारमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सोचेजस्तो सहायता नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यक्षेत्रमा रुचिगत कार्यमा मन लाग्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूसँग मनमुटाव हुन सक्ला। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सोचेभन्दा राम्रो सफलता हात लाग्नाले उत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नकरात्मक मानसिकताले विपरीत प्रभाव पर्नेछ। अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग र व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। आफन्तहरूबाट धोखा मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार व्यवसाय आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।