ट्रेन्डिङमा बढ्दै फेरि जालमा



काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’लाई श्रोता दर्शकले मनपराएका छन् । यो गीत रिलिज हुने बित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको उकालो यात्रामा छ । गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् ।गीतमा कालीप्रसाद बास्कोटाको संगीत र स्वर छ । गीतमा उनलाई सोमिया बराइलीले स्वरमा साथ दिएकी छन् । गीतमानसराजको शब्द छ ।

गीत १६ लाख ६३ हजार बढि भ्युजसहित युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । गीतले ३१ हजार बढि लाइक र १ हजार ३ सय बढि प्रतिक्रिया बटुलेको छ ।

‘काली दाइको आवाजमा साँच्चै नै एक किसिमको जादु छ, मनैदेखि माया छ दाजुप्रति । अनि आँउदै गरेको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण कलाकर तथा निर्माता निर्देशकलगायत सम्पूर्ण फिल्म परिवारलाई अग्रिम शुभकामना,’ युट्युबमा गीत हेरेर एक व्यक्ति कमेन्ट गर्छन्, ‘पहिलो भाग हलमा हेरियो, यो चाहिँ अलि नपाइने भयो । हाल साउदीबाट ।’

गीत मात्रै होइन भिडियो मन परेको भन्दै खुलेर प्रशंशा गरिरहेका छन् । गीतको भिडियो हेरेर जीवन गैरले सुपुष्पा भट्टको तारिफ गरेका छन् । उनी लेख्छन्, ‘पहिलोपटक नेपाली कलाकारमा सबैभन्दा मनपरेको हिरोइन यिनै हुन् । यो गीतलाई सुहाउने हिरोइन ।’

गीत समय सान्दर्भिक भएको चिरन्जिवी बास्कोटालाई लागेको छ । उनी लेख्छन्, ‘गीत राम्रो छ । समयको मागलाई सम्बोधन गरिएको पाएँ । हेर्दाहेर्दै गीत सकिनुको बेग्लै मजा छ ।’

गीतजस्तै सिनेमा पनि राम्रो रहेको निर्माण टिमले बताउँदै आएको छ । हसाउँदै कथा भन्ने सिनेमाले दर्शकलाई मजाले इन्टरटेन र इंगेज गराउने निर्देशक निरोज महर्जनले बताएका छन् ।

सीमा बोहरा लेख्छिन्, ‘रिसाएको बेला रमाइलो हुने र एक्लै हुँदा आफ्नै ध्यानमा नाच्ने र गाउने गीत राम्रो लाग्यो ।’

भिडियोको स्क्रिन प्लेको पनि तारिफ भइरहेको छ । कालीको स्वर र संगीतमा जादु रहेको भन्दै हलमा फिल्मले पनि जादु चलाउनेमा धेरैले अपेक्षा गर्दै शुभकामना दिइरहेका छन् । धेरैले २०७२ सालमा भूकम्प जाँदा ‘रेशम फिलिलि’ चलिरहेको स्मरण गरेका छन् ।

यो गीत करिब दश वर्ष अघिको भारइल गीत ‘जालमा’लाई रि(क्रियट गरिएको हो । फिल्ममा निरोज महर्जनको लेखन र निर्देशन छ ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।

फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । फिल्म फागुन १४ मा रिलिज हुँदैछ ।