काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारध्वजको संगीत छ ।
एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । गीतमा सरल शब्द र लय छ । गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै फिल्मका अधिकांश मुख्य कलाकारको अभिनय छ । गेष्ट अपिरियन्सको रुपमा गजित छन् । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ ।
फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । कुमार कट्टेल निर्देशित फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुनेछ ।
फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।