हर्षमा खगेन्द्र र आँचल



काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै फिल्म ‘हर्ष’ बन्ने भएको छ । फिल्ममा एकता पौडेलको डेब्यू निर्देशन रहनेछ ।

ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्ममा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

फिल्ममा प्रशन्न पौडेल र विकास पौडेल (चितवन)को निर्माण र हिमाल चोखल(चितवन)को कार्यकारी निर्माण रहनेछ ।

आलोक शुक्लाको छायांकन रहने रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् ।

आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा फिल्महरु बनाएकी छन् ।