काठमाडौं । लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतीमा आयोजना हुने ‘अमेरिका टुर’अप्रिल ११ मा टेक्सासको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ ।
मे १० मा न्यूयोर्क सिटीमा समापन हुने तय गरिएको यो कार्यक्रममा भेक, याबेश बिजेनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन् । यो सांगीतिक टुरले अमेरिका भरिका प्रमुख सहरहरूमा आफ्ना कार्यक्रम प्रस्तुत गर्नेछ, जसले नेपाली समुदायलाई उत्साहजनक सांस्कृतिक अनुभूति दिने आयोजकहरूको दाबी छ ।
डल्लासबाट सुरु हुने टुर टेक्सास, कोलोराडो, डिसी क्षेत्र (वासिङ्टन डिसी, म्यारिल्याण्ड, भर्जिनिया), ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, ओहायो, न्यूयोर्क सिटी, न्यूयोर्क सहरहरूमा कार्यक्रमहरू हुने भएको छ ।
आयोजकहरूले टुरलाई ‘सांगीतिक तथा सांस्कृतिक उत्सव’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । टुरले अमेरिका भरि छरिएर रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्ने प्रयास गर्नेमा उनीहरु विश्वस्त छन् ।