जापानमा सेलिब्रिटी इन्टरनेशनल अवार्ड

काठमाडौं । जापानमा पहिलो पटक सेलिब्रिटीको लागि इन्टरनेशनल अवार्डआयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड गर्न लागेको हो । लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना गर्दैछ ।

आयोजक संस्थाका बासुदेव लामिछानेले विश्वकै महंगो शहर टोकियोमा अहिलेसम्मकै ठूलो सांस्कृतिक कार्यक्रमबीच अवार्ड हुने बताए । अवार्डमा नेपालबाट नयाँ र पुराना ख्याती प्राप्त कलाकारहरु टोकियोको एकै स्टेजमा जमघट हुनेछन् ।

सुर्य इन्टरनेशनल अवार्ड नाम दिइएको अवार्डमा नेपाली फिल्म र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । फिल्म र संगीत गरी १२ विधामा ५ र ५ नोमिनेसन हुनेछ । अवार्ड आगामी सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा हुनेछ ।