श्रीना र मार्टिनलाई मिस्टर एण्ड मिस लिटिल कोशी सुनसरीको उपाधि

काठमाडौं । आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणको उपाधि इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठले जितेका छन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ पाएका छन् । आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले फाइनलमा पुगेका ५८ जना प्रतियोगीहरुले प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको बताए ।

प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको छात्रातर्फ तरहराकी सांगे वाङमु गुरुङ, छात्रतर्फ खनारका प्रज्ञान शाक्य घोषित भए । यसैगरी मिसतर्फको फस्ट रनरअप पकलीकी इभेनजलिना शाह, सेकेण्ड रनरअप इटहरीकी प्रनिका कटवाल भइन् । यसैगरी मिस पब्लिक च्वाईस इटहरीकी ग्रेसी कटुवाल घोषित भइन ।

यस्तै मिस्टर तर्फको फस्ट रनरअप खनारका प्रज्ञान शाक्य, सेकेण्ड रनरअप इटहरीका सुदर्शन भुजेल घोषित भए । यसैगरी मिस्टर पब्लिक च्वाईस इटहरीका एकांश अग्रवाल घोषित भए ।

त्यस्तै मिस ब्यूटी विथ ब्रेन र मिस डिसिप्लिन इटहरीकी ग्रेसी कटुवाल, मिस पपुलर इटहरीकी पाखी अग्रवाल र मिस स्मायलको उपाधि इटहरीकी काभ्या कार्कीले जितिन भने मिस पर्सानालिटीको उपाधिमा तरहराकी सांगे वाङमु गुरुङ घोषित भइन् । मिस ट्यालेन्टको उपाधि इटहरीकी अबिना मगर, मिस फोटोजेनिक इटहरीकी सुभाग्यी अधिकारी र मिस इन्टेलेक्टमा पकलीकी इभेनजलिना शाह घोषित भइन् ।

यसैगरी मिस क्याटवाक इटहरीकी प्रितिना भट्टराई, मिस क्यूट इटहरीकी माइसा जिदंल, मिस कन्फीडेन्ट इनरुवाकी आरुसी मेहता, मिस बब्ली इटहरीकी अबिता राई, मिस साईनिगं स्टार इटहरीकी प्रनिका कटवाल र बेस्ट ट्रान्फरमेसन इटहरीकी स्पर्स रानाले जीतिन । त्यसै गरी मिस फ्रेण्डसिप इनरुवाकी सोफिया प्रधान, मिस ब्यूटीफुल आईज इटहरीकी सासा आले मगर, मिस फिजिक इटहरीकी सान्भी पोखरेल र मिस अनेष्ट इटहरीकी देवान्सी कार्की घोषित भइन् ।

यस्तै मिस्टर पपुलर र मिस्टर क्याटवाक झुम्काका विश्वास श्रेष्ठ, मिस्टर ट्यालेन्टको उपाधि इटहरीका सक्सेस तामाङले जिते भने मिस्टर फोटोजेनिकको एवार्ड इटहरीका इभान तामाङ र मिस्टर इन्टेलेक्ट इटहरीका सुदर्शन भुजेलले जिते । यसैगरी मिस्टर पर्सानालिटी खनारका प्रज्ञान शाक्य र मस्ट आउटस्टान्डिगं पर्फमेन्समा इटहरीका एकांश अग्रवाल घोषित भए ।

प्रतियोगिताको निर्णायकहरुमा डाक्टर श्रवण कुमार मण्डल, मिस कोशी २०२५ का विजेता र मोडेल रजनी थापा, लेक्चरर तथा सोसियलिस्ट बसन्त खनाल रहेका थिए ।