भक्तपुरदेखि रातो घेरा–द रेड सर्कल सुरु

काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशन रहेको फिल्म ‘रातो घेरा – द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ । विश्राम फिल्मस् प्रा।लि।को प्रस्तुति रहेको फिल्मको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा भइरहेको निर्माण पक्षले जनाएको छ ।

भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्रका महत्वपूर्ण दृश्य खिचिनेछन् भने पहिलो चरणको सम्पूर्ण छायांकन यही सेड्युलभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखिएको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी।बी। गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी तथा सुनिल तामाङको अभिनय रहनेछ ।

फिल्मका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । वास्तविक घटनाबाट प्रेरित कथा भएकाले छायांकनदेखि कलाकारको प्रस्तुतिसम्म स्वाभाविकपनमा विशेष ध्यान दिइएको निर्देशक अनिल बुढा मगरले बताए ।

फिल्मको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् भने शिशिर बिसंखे छायाकार रहेका छन् । फिल्ममा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ तथा शिव हमालका गीत, मनोज थापा मगरकै पाश्र्व संगीत रहनेछ । जीवन थापा सम्पादकका रूपमा रहेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकको जिम्मेवारीमा छन् । सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन् ।

फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ भने देशभर प्रभावकारी प्रदर्शनको तयारी भइरहेको बताइएको छ । फिल्म मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ ।