काठमाडौं । निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । जनकले यसअघि फिल्म ‘मितज्यू’ निर्माण गरेका थिए ।
फिल्ममा सुदीप भजुको निर्देशन हुनेछ । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकासबाट हल्का वर्षा भइरहेको देखाइएको छ ।
बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ । जनकका अनुसार फिल्म विशुद्ध प्रेमकथामा निर्माण हुनेछ । उनले फिल्मको कलाकार र प्राविधिकबारे विस्तारै जानकारी दिइने बताए ।
निर्माता जनक स्वयंको परिकल्पना रहेको फिल्मका लेखक अमीर मगर रहेका छन् । जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ निर्माण गरेका थिए । जनक सफल निर्माता मानिन्छन् । फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ ।




