काठमाडौं । नेपालकै चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ ले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । टप १० मा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी रहेका छन्।
शोका लागि नेपालमा पोखरा, बुटवल, इटहरी, काठमाडौँ र भारतको सिलिगुडीमा अडिसन गरिएको थियो । फिजिकल अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूले विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
टप १० मा पुगेका सबै प्रतिस्पर्धीले फरक–फरक शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन्।
रेड बुलको प्रस्तुतिमा निर्माण भइरहेको शोले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ। शो हरेक मङ्गलवार र बुधवार एपी वान टेलिभिजन तथा ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ।
शोको विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् । दामी मिडियाले निर्माण गरिरहेको रहेको नेपहपको श्रीपेच ३ मा भ्योमा, मानस घले, युण्डबी र योद्धा निर्णायकको रूपमा रहेका छन् ।




