म हुँ सृष्टिको फक्ताङलुङमा मौसमी

काठमाडौं । अभिनेत्री मौसमी मल्लको अभिनय रहेको ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नीता आचार्यको स्वरमा रहेको गीतमा मनु लोहोरुङ राईको शब्द र साज सिंहको संगीत तथा एरेन्ज छ । गोविन्द राईको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ। भिडियोमा मौसमी र गायिका नीताको अभिनय छ ।

नेपालको इतिहास बोकेको विभिन्न पात्रमा प्रस्तुत भएकी मौसमी निकै सुन्दर देखिन्छिन् । सुरज प्रधानको रेकर्डिङ रहेको यस गीतको भिडियोमा सिनेमाटोग्राफर हिमाल श्रेष्ठ हुन्।

गीतको भिडियोको सम्पादनको जिम्मा सन्देश शाहले लिएका हुन् भने कलरिङ राजेन्द्र मोक्तानको छ। दर्शकले यस गीतको भिडियोमा भिएफएक्स पनि देख्न सक्नेछन्। सत्यम रानाको भिएफएक्स रहेको यस गीतको भिडियोमा डिओपी सौरभ लामाको छ। साथै ड्रोनको काम विशालले गरेका छन्। दर्शकले यो गीतको भिडियोलाई नीता आचार्यको युट्युब च्यानलमार्फत हेर्न सक्नेछन्।