आफ्नो बनाई लैजाउमा सुमन र गरिमा

काठमाडौं । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् । आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायकद्धय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका हुन् । गायक राजेश पायलले आफुले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए । अर्का गायक यश कुमारले सुमनलाई आफुले सुमन पहिलो पटक काठमाडौं आउँदा भेटेको बताए ।

सुमन र गायिका मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । होरिजन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालको मिक्सिङरमास्टरिङ छ । शान थापाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग गायक सरगम आफैले अभिनय गरेका छन् ।

गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर, विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । यो म्युजिक भिडियो गायक सुमन सरगमले आफ्‌नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।