काठमाडौं । जेनजी आन्दोलन र त्यसअघि र पछिको अवस्थालाइ चित्रण गरिएको फिल्म ‘चंगुल’ आगामी असोज १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि भदौ १९ गते बाट प्रर्दशन मा आउने भनिए पनि प्राविधिक काम समयमा नसकिएकाले रिलिज सारिएको निर्माण पक्षले जनाएको छ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार फिल्ममा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाइ सिनेमामा उतारिएको छ । निर्माता कार्कीले गत बर्ष भदौ २३ र २४ को आन्दोलन र त्यहि आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरुप फिल्म निर्माण गरिएको बताइन् ।
फिल्ममा रबि कार्की, लय संग्रौला, लक्ष्मिनाथ तिमल्सिना, राकेश कुमार राई, आशा बिश्वकर्मा, स्वस्तीका लामिछानेलगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा बालकलाकार रिम्शा कार्कीको पनि अभिनय रहेको छ ।
फिल्मका गीतमा बिपिन आचार्य, नन्दनी अधिकारी तथा बिक्रम कार्कीको संगीत रहेको छ भने देब महर्जनको द्वन्द्व र दिपेन बस्न्यातको छायाङ्कन तथा सम्पादन रहेको छ ।




