दुर्गा बनाउँदै सम्राट

काठमाडौं । द्वन्द्व निर्देशक हुँदै फिल्म निर्देशनमा पाइला चालेका सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ को घोषणा गरेका छन् । फिल्म ‘लाखे’बाट निर्देशन यात्रा सुरु गरेका सम्राटले थिम पोस्टर सार्वजनिक गर्दै दोस्रो फिल्म ‘दुर्गा’को घोषणा गरेका हुन् ।

थिम पोस्टरमा दुर्गा मन्दिरको ढोका अगाडि एक्लै उभिएकी युवती छिन् । मन्दिरको ढोका अगाडि त्रिशूल छ । कलाकार र प्राविधिक टिमबारे निर्माण टोली मौन रहेको छ । निर्देशक बस्नेतले फिल्म मिथोलोजिकल हुने बताए ।

कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको कथा निश्चल ढुंगानाले लेखेका छन् । ९० दिन छायांकन सेड्युल रहेको फिल्म काठमाडौं, पोखरा र चितवनमा खिचिनेछ । असोजको पहिलो साताबाट छायांकन सुरु हुनेछ ।