दर्शकले मनपराए केकी र आँचलको झगडा

काठमाडौं । चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक संजालमा आक्रामक रुपमा फैलिएको छ । टिजरलाई युट्युबमा मात्र १० लाख भ्यूज मिलेको छ । सामाजिक संजाल फेसबुक र टिकटकमा मात्र यसको टिजरलाई १ करोड भन्दा बढी पटक हेरिएको छ ।

टिजरमा समावेश नायिकाद्धय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्य भुसको आगो झै सामाजिक संजालमा फैलिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्मको टिजरमा जेठानी–देउरानीको झगडा, दाजुभाइको कलह र आमाको छटपटीलाई प्रस्तुत गरिएको छ । असोज २ गतेबाट रिलिजमा आउन लागेको फिल्म कपनगढी सिनेमा प्रा।लि र फिल्म क्रिउ नेपाल प्रा।लिको व्यानरमा निर्माण भएको हो ।

एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्ने फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताको रुपमा छन् ।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्ममा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको फिल्ममा परिच्छेद सेनको पटकथा र संवाद छ ।