काठमाडौं । प्रेम, भावना र सम्बन्धको कथालाई प्रस्तुत गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ। युनिक प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहको अभिनय रहेको छ।
‘माया जसले टाढा हुन दिँदैन’ भन्ने भावलाई केन्द्रमा राखिएको गीतमा प्रेम र बिछोडका भावनालाई सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको छ।
भिडियोको निर्देशन प्रयास बोहोराले गरेका हुन् भने छायांकन दीपु रिजालले गरेका छन्। काठमाडौंको थलीस्थित किसानको फार्ममा छायांकन गरिएको भिडियोले प्रेमसम्बन्धका उतारचढावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतमा सुजन साम्पाङ र एलिजा प्रधानको स्वर रहेको छ। एलिजे नेवाको शब्द तथा संगीत रहेको गीतमा बिश्वजित लामाको एरेन्ज र अविनाश चापागाईंको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीत धुन स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियोको पोस्ट–प्रोडक्सन इन्टर मिडिया र मनोज शाहले गरेका हुन्।
म्युजिक भिडियो इन्टर मिडिया को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।





