काठमाडौँ । फिल्म ‘बाकस’काे मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्ध भएका छन्। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा महेशभन्दा अघि बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्।
सुजिता चौलागाईंको निर्माण रहने यस फिल्मको सहनिर्मातामा छत्रबहादुर खड्का र कार्यकारी निर्माताका रूपमा धर्मेन्द्र पन्त रहेका छन्। फिल्ममा दीपक शर्मा र सनम पुरुष राईकाे संगीत तथा दीपक शर्मा र निर्देशक नवीन पन्तका शब्द छन् ।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने निर्माण पक्षको भनाई छ। आउँदो दशैँ लगत्तै छायांकन (फ्लोर) सुरु गरिने योजना निर्माण पक्षको छ।







