झिंगे दाउ २ ट्रेलरमा प्रेम, झगडा र खाेजी

काठमाडौं । आगामी असोज २ गतेबाट रिलिज हुने फिल्म  ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ट्रेलरमा दाजुभाई र देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने बिषयलाई देखाइएको छ ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन तथा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्ममा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत युट्युब र टिकटकमा भाइरल छ । यो गीतले छोटो समयमा नै ३७ लाख भन्दा बढी भ्यूज पाइसकेको छ ।