काठमाडौं । असोजको २ गतेबाट रिलिज हुने फिल्म ‘झिंगे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ । यसअघि सार्वजनिक तीज गीत ‘जेठानी–देउरानी’ले चर्चा पाइरहँदा निर्माण पक्षले मंगलबार ओएसआएर डिजिटलमार्फत नयाँ गीत सार्वजनिक गरेको हो । नयाँ गीत दशैंसँग सम्बन्धित छ ।
गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, रामचन्द्र काफ्ले र शान्ति श्री परियारको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टलाई देख्न सकिन्छ । सबै कलाकारहरु रातो टिका, जमरामा सजिएका छन् । रोटे पिङ्गमा कोरसहरु रमाइरहेका छन् । गीतकै भिडियोमा केकी र आँचलको झगडा समेत हेर्न सकिन्छ ।
कपनगढी सिनेमा प्रा।लि र फिल्म क्रिउ नेपाल प्रा।लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।







