काठमाडौं । निर्देशक सौरभ चौधरीले घोषणा गरेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ अनुबन्ध भएका छन् । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीको प्रवेशपछि अमर फिल्ममा अनुबन्ध भएका हुन् ।
निर्देशक सौरभका अनुसार यही फिल्मका लागि अमरले साढे दुई वर्षदेखि तालिम लिइरहेका थिए । अमरले एक्टिङ, एक्सन, मार्सल आर्ट र डान्सको ट्रेनिङ लिएको उनले खुलाए । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा उपन्यासकार बुद्धिसागरको कथा र पटकथा छ ।
निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ । यो फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो फिल्मको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने वितरकमा डिसीएन रहेको छ ।







