काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी नेपालको डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाको क्षेत्रमा सक्रिय मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडसँग ब्रान्ड फेसका रूपमा जोडिएकी छन्।
यस सहकार्यअन्तर्गत वर्षा मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्क सम्बन्धी गतिविधिमा सक्रिय भूमिका निभाउनेछिन् । यससँगै उनी मेडिक्वेस्टको दीर्घकालीन व्यावसायिक यात्रासँग पनि थप गहिरो रूपमा जोडिएकी छन्।
‘एक अभिनेत्रीका रूपमा मैले विभिन्न ब्रान्ड तथा संस्थासँग सहकार्य गर्ने अवसर पाएकी छु। तर, यसपटक म केवल ब्रान्डको अनुहारका रूपमा मात्र नभई संस्थाको विकास र यात्रासँग अझ नजिकबाट जोडिन चाहन्थेँ। स्वास्थ्यजस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा काम गर्ने संस्थासँग जोडिनु मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर पनि हो,’ वर्षाले भनिन् ।
उनका अनुसार भविष्यमा मनोरञ्जनसँगै व्यवसाय, ब्रान्ड विकास र उद्यमशीलताको क्षेत्रमा पनि आफ्नो भूमिकालाई विस्तार गर्दै लैजाने उनको योजना छ।







