काठमाडौं । निर्देशक रामबाबु गुरुङको लेखन र निर्देशन रहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् ।
निर्देशक गुरुङकाअनुसार फिल्मले सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ । उनले बोर्डका पदाधिकारीले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएको बताए ।
फिल्म आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा छ ।
फिल्मको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।







