राजा खोज्दै पाँच पाण्डवकी इभा

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ । गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर, शशी शर्मा मजगैैँयाको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतमा एक युवतीले घरजम गर्नका लागि एक उपयुक्त युवक मागेको देखाइएको छ ।

गीतको भिडियोमा इभा गिरीको नृत्य छ भने उनलाई हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन् । यही कात्तिक २० गतेबाट प्रदर्शन हुने फिल्ममा बसन्त निरौलाको निर्देशन छ । फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायतका कलाकारको अभिनय छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् ।