बुटवलका विवेक डान्स च्याम्पियन

काठमाडौं । बुटवलको डाउन चिल्ड्रेन स्कुलमा अध्ययनरत विवेक थापा राजधानीमा आयोजित नृत्य प्रतियोगिता ‘एसइइ डान्स च्याम्पियनसिप’को विजेत ाबनेका छ्न । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडमीले आयोजना गरेको प्रतियोगितामा उनले उत्कृष्ट १५ विद्यार्थीलाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् ।

प्रतियोगितामा न्यु भिजन एकेडेमी कोटेश्वरका प्रवेश खड्का दोस्रो, ड्याफोडिल पब्लिक स्कुल कपनका सुदेक्षा दाहाल तेस्रो, इस्टपोल स्कुल बौद्धका स्वस्तिका बस्नेत र प्राक्सिस इन्टरनेशनल एकेडमी चाबहिलका सरिता सिग्देल सान्त्वना पुरस्कारको विजेता बने । प्रतियोगितामा विधागततर्फ डाइमन्ड मोडल स्कुल पोखराका समृद्धि पान्डे ‘बेस्ट डिसिप्लिन’, ड्याफोडिल पब्लिक स्कुलका सुदिक्षा दाहाल ‘बेस्ट कोरियोग्राफर’, ज्ञानोदय रात्री माविका अनुजराज शाक्य ‘बेस्ट स्किल’ र कुमारी सेकेन्डरी स्कुलका दिपिका तामाङ ‘बेस्ट पर्फमेन्स’ बने ।

शीर्ष विजेता तथा उपविजेताले पुरस्कार स्वरुप क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैंयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फिनालेमा पुगेका सबै प्रतिष्पर्धीले प्लस टुमा छात्रवृत्ति तथा उत्कृष्ट ५ ले राष्ट्रिय नाचघरमा ६ महिनाको छात्रवृत्ति पनि पाएका छन् । प्रतियोगिताको निर्णायकमा महेश गोदार, ‘छमछमी २’ र ‘३’ का विजेता साजन तामाङ र सरोज प्रजा, नृत्य निर्देशक प्रेम श्रेष्ठ थिए ।

कार्यक्रममा पहिलो नायिका भुवन चन्द, कत्थक नृत्य गुरु मनोरञ्जन जोशी, जेष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधान, टेक्सास इन्टरनेशनल कलेजका सिइओ भेषराज पोखरेल र समाजसेवी कृष्ण घिमिरेलाई सम्मान गरिएको थियो । एकेडेमीका निर्देशक गोदारले नृत्यमार्फत युवाको करियर बढाउन प्रतियोगिता आयोजना गरिएको बताए ।