नरगिस पछि जासूस मनिषा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’मा सञ्जयको आमा नरगिसको भूमिकामा अभिनय गरेर तारिफ पाएकी बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला अब एक डिटेक्टिभ वेभ सिरिजमा देखिने भएकी छन् ।

एप्लास इन्टरटेनमेन्टका संस्थापक समीर नायरले निर्माण गर्न लागेको अमेरिकामा सन् २०१६ मा बनेको क्राइम थ्रिलर ‘आइविटनेस’को हिन्दी संस्करणमा मनिषा शीर्ष भूमिकामा देखिन लागेकी हुन् । केही समय अघि समीरले मनिषालाई शीर्ष भूमिकामा अभिनयका लागि प्रस्ताव गरेका थिए । मनिषासँगको छलफल पछि उनले फिल्ममा अभिनयको लागि राजी भएकी छन् ।

सिरिजलाई चन्दन आरोडाले निर्देशन गर्नेछन् । फिल्मको नाम हालसम्म के राख्ने भनेर निर्णय भइसकेको छैन । चन्दनले ‘कृष ३’, ‘की एण्ड का’ र ‘पैडमैन’ जस्ता फिल्ममा सम्पादकका रुपमा काम गरिसकेका छन् । वेभ सिरिजको समूह मनिषाको सुटिङको सुटिङ सेड्युल कुन समयमा राख्ने भन्ने तयारीमा जुटेका छन् । ‘आईविटनेस’को कथा दुई युवाको वरीपरी घुमेको छ । जो एकअर्कालाई प्रेम गर्छन् । त्यही बेला एक अपराधिक घटनाको साक्षी पनि बन्छन् ।