‘दर्शकले व्यानर होइन, अभिनय हेर्छन्’

काठमाडौ । आगामी साउन २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कहीँ कतै’बाट नेपाली फिल्ममा दुई नयाँ अनुहार सिवानी गिरी र सोनम बरफुङ्गपा डेब्यु गर्दैछन् । सिवानी र सोनमको यस फिल्ममा जोडी बाँधिएको छ । डेब्यु फिल्म भएका कारण दुवै दर्शकको प्रतिक्रिया बुझ्न उत्सुक देखिन्छन् । पछिल्लो समय नयाँ कलाकारहरुले नेपाली फिल्ममा वर्चश्व जमाइरहँदा सोनम र सिवानी पनि आफूहरुको फिल्म यात्रा सुखद रहनेमा विश्वस्त छन् ।

नवनायिका शिवानीले फिल्ममा आउने आफ्नो सानैदेखिको सपना भएको बताइन् । ‘सानैदेखि मलाई हिरोइन बन्ने चाहना थियो । ममी पनि यही क्षेत्रमा भएका कारण मलाई यो फिल्डमा आउन खासै गाह्रो भएन । अब आफ्नो ट्यालेन्ट देखाएर अगाडि बढ्छु ।’उनले भनिन्, ‘म आफूमाथि भन्दा पनि दर्शकमाथि डिपेन्ट हुन चाहन्छु । दर्शकले ब्यानर होइन् अभिनय हेर्छन् ।’ फिल्ममा उनी सोझो चरित्रमा छिन् ।

सिक्किम प्रदर्शनमा दर्शकबाट सुखद प्रतिक्रिया पाएको फिल्म ‘कहिँ कतै’ नेपाल रिलिजको संघारमा रहँदा नव(अभिनेता सोनम बरफुङ्गपा अब नेपाली फिल्ममा नै आफ्नो भविष्य बनाउने सोचमा छन् । उनी भन्छन्, ‘राम्रो काम दिने कोशिश गरेको छु । डेब्यु फिल्म भएका कारण डर र उत्साह दुवै छ । अब दर्शक प्रतिक्रिया जान्न इच्छुक छु ।’

दीलिप रायमाझी, उमा बेबी गिरी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहीँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।