काठमाडौ । फिल्म ‘टिनएज’ शुक्रबारबाट मुलुकका पाँच दर्जन हलमा प्रदर्शनमा आउने भएको छ । यो फिल्मलाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन् । यो फिल्ममा नरेशबीर सिं, प्रतिक्षा खड्का, सरोज शाह , एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का, माया मगरलगायतका कलाकारको अभिनय रहेको पनि पाख्रिनले जानकारी गराए ।
यो फिल्मलाई फिल्मलाइ बिरु मगर , चिनि माया वाइवा , देबिका खड्का , बुद्धिमान स्याङतान निर्मलले निर्माण गरेका हुन् । टिनएजमा बिकाश चौधरीको संगीत छ । फिल्मलाई काठमाडौंमा सरोज शर्माले वितरणको जिम्मा लिएका छन् । गरेका हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नृत्य निर्देशनमा लागेको दिनेश पाख्रिन यही फिल्मबाट निर्देशनमा उत्रिएका हुन् । उनले आफ्नै लगानीमा फिल्म टिनएजको निर्माण पनि गरेका हुन् । यस अघिका केही फिल्ममा आफुले निकट भएर काम गर्ने क्रममा फिल्मको निर्देशनसम्बन्धि ज्ञान लिएको पनि दिनेशले बताए ।
‘टिनएज तन्नेरी पुस्ताको प्रेमकथामा आधारित फिल्म हो । यो फिल्मले अहिलेको तन्नेरी पुस्तालाई प्रेमको नाममा बिग्रनबाट कसरी जोगिने भन्ने सन्देश प्रस्तुत गरेको छ ।’
टिनएज हरुलाइ संस्कार सिकाउने फिल्म बनेको निर्देशन पाख्रिनले दाबी गरे । निर्देशक पाख्रिनले आफ्नो फिल्ममा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले राम्रो काम गरेको बताए । फिल्म हेर्ने दर्शकलाइ फिल्म टिनएजले भरपुर मनोरन्जन दिने उनको दाबी छ ।