भूकम्पको कथामा लक्षुको ब्ल्याक इयर

काठमाडौ । २०७२ सालको विनाशकारी भूकम्पले एक परिवारमा पु¥याएको क्षतिलाई आधार बनाएर नयाँ फिल्म ‘ब्ल्याक इयर’ निर्माण हुने भएको छ । योगेन्द्र पनेरु निर्माता रहने फिल्मको बिहीबार काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा मुहुर्त गरियो ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा कलाकारको मुहुर्त सट दिएका थिए । भदौ १० गतेदेखि छायांकनमा जाने फिल्ममा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देवसागर, पवन भट्टराईलगायतको कलकारको अभिनय रहनेछ ।

निर्देशक गौतमका अनुसार काठमाडौं र ललितपुरमा छायाँकन हुने फिल्ममा रामेश्वर हुमागाइँको छायांकन हुनेछ । फोकस आउट मिडियाको ब्यानरमा निर्माण हुने उक्त पिःल्म भुकम्प गएको दिन पारेर आउने २०७६ बैशाख १२ गते प्रर्दशनमा ल्याउने बताइएको छ ।