मौलाउने मायामा सुमन र मेलिना

काठमाडौं । इन्जिनियरिङ पेशामा आवद्ध धरानका सुमन श्रेष्ठ ‘संगम’ रुचिले गायक पनि हुन् । चार एल्बम बजारमा ल्याइसकेका सुमनको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुमन श्रेष्ठ ‘संगम’ र गायिका मेलिना राईको स्वर रहेको गीत ‘मौलायो माया’को भिडियो सार्वजनिक भएको हो ।

कुमार विवाहितको शब्द÷संगीत र फडिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोमा प्रिन्स्पन कार्की, जुना सुन्दास, माधव गैरे, स्मृती श्रेष्ठ लगायतले मोडलिङ गरेका छन् ।

ड्रिम्स इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियो मोडल प्रिन्स्पन कार्कीले नै निर्देशन गरेका हुन् । भिडियोको सम्पादन टेकेन्द्र शाह र छायाँकन उत्शव दाहालले गरेका हुन् ।