सलमानकी प्रेमिका यूलिया बलात्कृत !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको घोषित प्रेमिका युलिया वेन्तुर चाँडै फिल्ममा देखिने भएकी छन् । यूलियाले अभिनय गर्ने भनिएको फिल्म ‘राधा क्यों गोरी मैं क्यों काला’ सुटिङको तयारीमा छ ।

यूलियाले फिल्ममा आफू कृष्णभक्तको भूमिकामा देखिने बताइन् । उनले फिल्ममा कृष्णभक्त भएकै कारण गीताको अध्याय पढिरहने र भारतको संस्कृति र सभ्यता सम्झिने प्रयासमा रहने चरित्रमा देखिने बताइन् । उनले आफू भारत आएको समयमा अध्यात्मको लागि भारतको ऋषिकेश पनि पुगेको बताइन् ।

फिल्ममा यूलिया एक विदेशी महिलाको भूमिकामा छिन् । उनी भारत आएको समयमा बलात्कार पीडित हुन्छिन् । यही बेला उनी भगवान कृष्णको भक्त हुन्छिन् र भक्तिकै कारण आफूमाथि भएको पीडा भुल्ने प्रयास गर्छिन् ।

फिल्मका निर्देशक प्रेम सोनीले यूलियाले आफ्नो भूमिकाको तयारीीका लागि लुकी लुकी मन्दिर जाने गरेको खुलाइन् । योबाहेक उनी गीताको अध्याय पनि पढिरहेकी छन् । फिल्ममा जिम्मी शेरगिलको पनि अभिनय रहनेछ ।