विदेशिने चेलीलाई सन्देशमूलक गीत

काठमाडौं । विदेशी भूमिमा हजारौं नेपाली चेलीहरु कामदारको रुपमा जादा दासी जिवन बिताउन बाध्य छन् । यही वास्तविक घटनालाई गीतको रुपमा उतार्दै ‘नजाउ चेली विदेश’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई विशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

समाजका घटनालाई शब्दमा तिखो प्रहार गर्ने गीतकार संगीता बायुङ राईको शब्दरचना रहेको ‘नजाउ चेली विदेश’ गीतलाई समाजसेवी तथा गायक, संगीतकार जितेन वान्तावाले स्वर तथा संगीत दिएका छन् । यस गीतको एरेञ्ज भने पावल चाम्लिङ राई गरेका छन् । गीत रेकर्ड द स्काइ रेकर्डिङ स्टुडियोमा भएको हो ।

गीतले बोकेको भावलाई भिडियोमापनि उतारिएको छ । गायक तथा संगीतकार जितेनको कन्सेप्टमा पावल चाम्लिङ राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अविनले जीवन्त अभिनय गरेका छन् । फिल्मी शैलीमा प्रस्तुत गरिएको भिडियो अन्तिम सम्म हेर्दा नेपाली चेलीले भोगेको भोगाईलाई जस्ताको तस्तै उतारिएको छ ।

यस गीतका गीतकार संगीता बायुङले सार्वजनिक गीतको बारेमा बोल्दै ‘नेपाली चेलीहरुलाई विदेशी भूमिमा कसैको प्रलोभनमा गरेर कामदारको रुपमा नजान आग्रह समेत गरिन् । त्यस्तै यस गीतका गायक जितेन वान्तावाले यो गीत विदेशी भूमिमा बेचिएका हजारौं नेपाली चेलीहरु र बेचिन लागेको चेलीहरुका लागी भएको बताए ।