ब्रेकअपमा आशिरमान–शिल्पाको हरपल प्रेम

काठमाडौं । आगामी पौषको २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘द ब्रेकअप’का अनस्क्रिन जोडी आशिरमान देशराज जोशी र शिल्पा मास्के रोमान्टिक मुडमा देखिएका छन् ।अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको दोस्रो गीत ‘हरपल’मा यो जोडी रोमान्टिक मुडमा देखिएका हुन् ।

विराज गौतमको स्वर र संगीत रहेको यो गीतमा प्रकाश मल्लको शब्द छ । हेमराज बिसीको कथा, पटकथा तथा निर्देेशन रहेको फिल्ममा रुपक थापा, दिपक खतिवडा, रेनु राना र हेमराजकै लगानी छ । फिल्ममा सरोज खनाल, रेमनदास श्रेष्ठ र इच्छा कार्कीको पनि अभिनय छ ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक बिसीका अनुसार फिल्मले प्रेमकथा बोल्नेछ ।