काठमाडौं । डेब्यु फिल्म ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक सलिनमान बनिया दोस्रो फिल्म ‘यात्राः अ म्युजिकल भ्ल्ग’ को डबिङमा व्यस्त छन्् । उनको डबिङसँगै फिल्मको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ । सलिन फिल्ममा भ्ल्गरको भूमिकामा छन्् ।
फिल्ममा सलिनले गरेको नृत्य र द्वन्द्वको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहेनती छन्् । उनले आफुलाई उत्कृष्ट देखाउन मेहनत गरेका छन््’ फिल्मका निर्देशक सम्राट शाक्यले भने, ‘हामीले फिल्ममा यात्राको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौ ।
सलिनमानले दोस्रो फिल्ममा आइपुग्दा आफूलाई परिपक्क बनाउँदै लगेको बताए । सलिन फिल्मबाट निकै आशावादी छन््। उनले यो फिल्म पछि अन्य फिल्म गर्ने सहमति दिईसकेका छैनन्् । यो फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेललगायतको अभिनय छ ।
यसैफिल्ममार्फत मल्लिका महतले डेब्यु गरेकी छिन्् भने यसमा विदेशी कलाकारहरु चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ । फिल्ममा अंकित संग्रौला र एन्जल राई बाल कलाकारका रुपमा छ््न । फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता छन्् भने सुशिल पोखरेल निर्माता छन्् ।