काठमाडौं । फिल्म ‘प्रेम संसार’ बन्ने भएको छ । फिल्मको राजधानीको भद्रकाली मन्दिरमा गत बिहिबार मुर्हत गरियो । सामाजिक प्रेम कथामा निर्माण हुने फिल्मको मुर्हत सटको निर्देशन सोभित बस्नेत, उत्तम केसीले क्ल्याप र रवि कार्कीले क्यामारा स्वीच अन गरेर गरेका थिए । कलाकार प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहर्त सर्ट दिएको कार्यक्रमा अस्मिता भण्डारीले नरिबल फोडेकी थिइन ।
सोनी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा प्रेमबहादुर सुनार र कमल सुनारको लगानी छ । प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा÷सम्वाद, दिपेन वस्नेतको छायांकन, प्रेम शर्माको सम्पादन रहने फिल्ममा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन रहने छ ।
काठमाडौं, पोखरा, चितवन, पर्वत, स्याङ्जालगायतका स्थानमा छायाँकन गरिने फिल्ममा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुषमा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डित, लक्षमणविक्रम बस्नेत, राजकुमार शाह, सुदन धिताल, अस्मिता भण्डारी, सिता वि.क., सुनिल वि.क., श्रृष्टी सुनार, गणेश सुनार, सौगात शोनी, प्रज्जवल सोनी, विशाल सोनी, सूर्य विश्वकर्मा, हिरालाल विश्वकर्मा, राजकुमार पौडेल, अर्जुन पौडेललगातका कलाकारको अभिनय रहने छ ।
फिल्ममा पर्वत स्टारमा भाग लिएका कलाकारको पनि अभिनय रहने निर्माणपक्षले जनाएको छ । फिल्ममा अर्जुन पोखरेल र बीबी अनुरागीको संगीत रहने छ । पुस १२ गते देखि छायांकनमा जाने फिल्ममा राम गौतमको निर्देशन हुनेछ ।