कटरीनासँग रोमान्स गर्दै महेश बाबु

मुम्बई(एजेन्सी) । बलिउडकी ‘बार्बी डल’ कटरीना कैफ अभिनयका लागि मात्र होइन । सुन्दरताको हिसाबले पनि उत्तिकै चर्चित छिन् । हालैमात्र उनी ‘ठग्स अफ हिन्दुस्तान’मा देखिएकी थिइन् । फिल्ममा नृत्य र अभिनय कुशल रहे पनि फिल्म फ्लप भयो । मूलधारको प्रतिक्षित फिल्म नचलेपछि कटरीनाको नजर दक्षिण भारतको फिल्म तिर गएको छ ।

समाचार अनुसार दक्षिण भारतका सुपरस्टार महेश बाबु हालका दिनमा आगामी फिल्म ‘महर्षि’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनको अपोजिटमा कटरीना रहने चर्चा छ । फिल्म निर्माताले बलिउडका धेरै सुन्दर नायिकाहरुको नाममा विचारविमर्श गरेपछि कटरीनाको नाम फाइनल भएको बताइएको छ ।

यो फिल्म आगामी अप्रिलमा रिलिज हुनेछ । यतिबेला फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । कटरीनाले यो फिल्ममा खेल्ने प्रस्तावलाई स्वीकारिन् भने यो उनको तेस्रो तेलुगु फिल्म हुनेछ । उनले यसअघि वेंकटेशसँग ‘मालिसवर’मा काम गरेकी थिइन् । त्यस्तै नन्दामुरी बालाकृष्णासँग उनले ‘अल्लारी पिद्दुगु’मा पनि अभिनय गरेकी थिइन् ।