बुढानिलकण्ठ पुज्दै छायांकनमा घर

काठमाडौं । हरर कथामा बन्न लागेको फिल्म ‘घर’को छायांकन सुरु भएको छ । राजधानीको बुढानिलकण्ठ मन्दिर पुज्दै फिल्मले सोमबारबाट छायांकन थालेको हो ।

अर्पण थापाको कथा र निर्देशनमा बन्ने फिल्ममा अर्पणसँगै बेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको अभिनय रहनेछ । शर्मिला पाण्डेको लगानीमा बन्न लागेको फिल्म २० दिनमा खिचिनेछ ।

फिल्मका अर्का निर्माता दीपेन्द्र के खनालले फिल्म बुढानिलकण्ठ आसपासमै खिचिनेछ । डीएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा निरज कँडेलको छायांकन हुनेछ ।