भुर्रभुर्रमा सुनिए स्मिता–सानिध्य

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सानिध्य खनालको स्वरमा रहेको गीत ‘भुर्रभुर्र’ को भिडियो सार्वजनिक भएको छ । यो भिडियो भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गायिका स्मिता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातिनी तथा सानिध्य सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका छोरा हुन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक एवं गीतकार शैलेन्द्र खनाल ’शरद’को शब्द र संगीतकार गैरे सुरेशको संगीत रहेको गीतमा कोविद बज्रको संगीत संयोजन छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।