सलिमबाट बुढ्यौली सिक्दै सलमान

मुम्बई(एजेन्सी) । बलिउडका भाइजान अर्थात सलमान खान सन् २०१९ मा आफ्नो नयाँ फिल्म ‘भारत’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । फिल्मको सुटिङमा उनी रातदिन नभनी सक्रिय छन् ।

समाचार अनुसार सलमान फिल्मी करियरमा पहिलोपटक यही फिल्ममार्फत बुढो व्यक्तिको अवतारमा प्रस्तुत हुँदैछन् । सलमानले बुढो कसरी बन्ने भन्ने विषयमा उनका पिता सलिम खानसँग सल्लाह लिइरहेका छन् ।

‘सलमानका पिता सलिम कैयौं वर्षदेखि भारतीय फिल्म उद्योगमा छन् । उनले बक्सअफिसमा एकसे एक फिल्म दिएका छन् । त्यसकारण सलिमबाहेक उत्कृष्ट सल्लाह अन्य कसैले दिन नसक्ने सलमानको बुझाई छ । त्यही कारण पनि उनले सल्लाह लिइरहेका छन् ।’ सलमान निकट स्रोतले भन्यो ।

अली अब्बास जफर निर्देशित भारतमा कटरीना कैफ, दिशा पाटनी, तब्बू, सुनील ग्रोवर, नोरा फतेही र ज्याकी श्राफको अभिनय छ ।