एकदेवको तिमी आयौमा आश्माको रोदन

काठमाडौं । गायक एकदेव लिम्बूको नयँ“ गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो गायक लिम्बूले सोमबार आफ्नो युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरेका हुन् ।

अभिनेत्री, मोडल आश्मा गिरीको एकल अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छायांकन र सम्पादन छ । गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउछिन् । आश्माले ‘ड्रिम गर्ल’ फिल्मबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।