छायांकनमा जयकिशनको हिरो नं.वान

काठमाडौं । कलाकार तथा निर्देशक जयकिशान बस्नेतको फिल्म ‘हिरो नं.वान’को छायांकन सुरु भएको छ । जयकिशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा जयकिशनकै लेखन, निर्देशन, निर्माण र अभिनय हुनेछ ।

जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा जयकिशन बस्नेत, एलिना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तामाङ, मदन ताम्राकार आशिष क्षेत्री, आरोही श्रेष्ठ, निशान चिलवाल, रामजी रायतलगायतको अभिनय रहनेछ ।

फिल्ममा शंकर महर्जनको द्वन्द्व, मधु न्यौपानेको गीत, तारावीर पाण्डे र हरि थापाको संगीत, तारा थापा किम्भेको सम्पादन, विनोद सापकोटाको छायांकन र रामजी लामिछानेको नृत्य रहनेछ । फिल्ममा मदन ताम्राकार कार्यकारी निर्माता छन् ।