रामकृष्णको विश्वासमा परिन् केकी

काठमाडौं । अस्ट्रेलियामा बस्दै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठ फिचर्ड छन् ।

भिडियोमा पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्धविच्छेद हुने सामाजिक विकृतिलाई कथालाई उतारिएको छ । अस्ट्रेलियाको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विदुर केसी र निज्मा केसीको छायांकन छ ।

भिडियोमा मोडल आरसी थापाकै निर्देशन छ । भिडियोमा गंगा निरौलाको लगानी छ । सम्पादन निज्माकै छ ।