एक था टाइगरको तेस्रो संस्करणको तयारी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र निर्देशक अली अब्बास जफरको फिल्म ‘भारत’ चाँडै रिलिज हुँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि सलमानका फ्यानहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । योसँगै सलमानका फ्यानका लागि अर्को खुशीको कुरा आएको छ । त्यो खबर के हो भने फिल्म ‘एक था टाइगर ३’ बन्ने सम्भावना बढेको छ ।

समाचार अनुसार अली अब्बास जफरले ‘एक था टाइगर’ को तेस्रो फिल्मको स्क्रिप्टको काम सुरु गरिसकेका छन् । अब्बासले यो प्रोजेक्टका लागि सलमान निकै उत्साहित भएको बताएका छन् ।

यसअघि सलमान खान र कटरीना कैफ अभिनित ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो ।