रानु कम्मरमा मर्कियो आयुष्मान–शिल्पाको कम्मर

काठमाडौं । फिल्म ‘सानो मन’ आगामी असार २० बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्ममा समावेश डान्सिङ नम्बरको गीत ‘रानु कम्मर’को आइतबार सार्वजनिक गरियो । गीतको भिडियोलाई हाई टेक इन्टरट्रेनमेन्ट च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतमा आयुशमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्टलगायतको नृत्य छ । यो गीतलाई बलिउडका साजन सिंहले कोरियोग्राफी गरेका हुन् । उनी बलिउड अभिनेता सलमान खानका नीजि डान्स ट्रेनर हुन् ।

सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार हुँदै गरेको यो चलचित्र सामाजिक प्रेम कथामा आधारित रहेको छ । सुयोग सोताङ र रोमन बज्राचार्यको संगीत, रोेमन र रबी मल्लको शब्द रहेको यो गीतमा निर्देशक सुयोग गुरुङ, सिम्मा राई र रोमनको स्वर रहेको छ ।

फिल्मलाई आलोक सुक्लले खिचेका हुन् । योगेश गुरुङ, राजेन्द्र मानन्धर, राजिब श्रेष्ठ र सरद श्रेष्ठले निर्माण गरेको फिल्ममा शिशिर वाङदेल, सक्षम कृष्ण श्रेष्ठ, कृष्णभक्त महर्जन, लक्ष्मी भुषाल, प्रकाश श्रेष्ठ र देवकुमार श्रेष्ठको अभिनय छ ।