मुम्बई(एजेन्सी) । गत महिना बलिउड अभिनेता सलमान खानले आफ्नो आउन लागेको फिल्म ‘भारत’को एक पोस्टर शेयर गरेका थिए । जसमा उनी एक बुढो व्यक्तिको लुक्समा देखिएका थिए । यो लुक्समा उनको अनुहारमा पुरै सेतो दाह्री देखाइएको थियो । यो पोस्टर सार्वजनिक हुनासाथ सलमानको लुक्सले निकै चर्चा पाएको थियो ।
फिल्मका निर्देशक अली अब्बास जफरले सलमानलाई यो लुक्समा ल्याउन गरिएको मेकअप मेहनतको बारेमा मुख खोलेका छ । अलीका अनुसार सलमानलाई बुढो लुक्समा देखाउनका लागि मेकअपमेनलाई झन्डै अढाई घन्टा बढी समय लागेको थियो । यो काममा कैयौं मेकअप आर्टिष्ट लागेका थिए । जफरले यसअघि सलमानसँग ‘टाइगर जिन्दा है’ र ‘सुल्तान’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।
जफरका अनुसार सलमानको यो मेकअप इंगलेन्डको एक कम्पनीले तयार पारेका थिए । बुढो देखिनकै लागि सलमानले २० भन्दा बढी किसिमका दारी र जुँगाको प्रयोग गरेका थिए । सलमानलाई कैयौं घन्टामा तयार हुनुपर्ने भएकाले पनि यो काम निकै थकित हुने किसिमको थियो । सलमानको यो लुक्स कथाका लागि निकै महत्वपूर्ण रहेको जफरको भनाई छ ।
फिल्म भारतमा सलमान पाँच अलग अलग अवतारमा देखिँदैछन् । सलमान आफैमा मेकअप गर्न नरुचाउने कलाकार हुन् ।