वीरविक्रम २ हेर्न ब्युटिसियनलाई वर्षाको निम्तो

काठमाडौं । आगामी जेठ ३ गतेबाट रिलिज हुने फिल्म ‘वीरविक्रम २’को प्रमोसनमा व्यस्त नायिका वर्षा शिवाकोटीले गत शनिबार लगनखेलस्थित लेडिज पार्लरको शुभारम्भ गरेकी छ । ब्युटिसियन गिता गिरिले सन्चालनमा ल्याएको मायाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको तेस्रो शाखाको बर्षाले रिबन काटी शुभाराम्भ गरेकी हुन् ।

कार्यक्रममा बर्षालाई पार्लरको तर्फबाट सन्चालिका गिता गिरि र अन्यले भब्य स्वागत समेत गरेकी थिए भने पार्लरको सफलताको कामना गर्दै केक समेत काटिएको थियो । कार्यक्रममा बोल्दै बर्षाले पार्लरको सफलताको कामना समेत गरेकी थिइन ।

सोही क्रममा संचालिका गिता गिरिले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताइन् । कार्यक्रममा वर्षाले आफु अभिनित पछिल्लो फिल्म ‘वीरविक्रम २’ हेर्न निम्तोसमेत दिएकी थिइन् । मायाजको पहिलो शाखा सूर्यविनायक भक्तपुरमा छ भने दोस्रो बानेश्वरमा रहेको छ । बानेश्वर शाखाको गत बर्ष अभिनेत्री सन्चिता लुइँटेलले शुभारम्भ गरेकी थिइन।