प्रभासको साहोमा सलमान खान

मुम्बई(एजेन्सी) । गत सोमबार दक्षिण भारतीय स्टार प्रभासले सामाजिक सन्जालमा आफ्नो फिल्म ‘साहो’ को पहिलो अफिसियल पोस्टर सार्वजनिक गरेका थिए । यो फिल्मसँग प्रभास जोडिएपछि सबैले यो फिल्मको प्रतिक्षा गरिरहेका छन् ।

हालैमात्र यो फिल्मको बारेमा नयाँ खबर आएको छ । फिल्मका निर्माताले बलिउड अभिनेता सलमान खानलाई फिल्ममा केमियो गराउन लागेका छन् । फिल्मका लागि नील नितिन मुकेशले सलमानको नाम सिफारिस गरेका थिए । नील साहोमा नकारात्मक भूमिकामा देखिँदैछन् ।

फिल्मको अधिकांश सुटिङ पुरा भइसकेको छ । यदि सलमान फिल्ममा काम गर्न तयार भ एभने फिल्मको फाइनल ड्राफ्टमा सलमानलाई जोडिनेछ । फिल्मको निर्देशन सुजीतले गरिरहेका छन् । जसको बजेट ३ सय करोड छ । फिल्ममा हलिउडका केनी बैट्सको स्टन्ट छ । फिल्ममा प्रभासको अपोजिटमा श्रद्धा कपुर छिन् ।