गोदावरीमा जेबिकासँग रोमान्टिक गम्भीर र भुवन

ललितपुर । गायक भुवन प्यासीको नयाँ गीत ‘खायो बरै भमराले फूलबारीको रस’ को गोदावरीमा छायांकन गरिएको छ । गीत र भिडियो एकसाथ सावजनिक गर्ने गरि गायक प्यासीले छायांकन सकेका हुन् ।

भिडियोमा मोडल जेबिका कार्की, मोडल तथा निर्देशक गम्भीर विष्ट र गायक स्वयंले अभिनय गरेका छ । गीतमा गायक प्यासीकै संगीत, शब्द र लय छ । ललिपुरको गोदावरी गार्डेन परिसरमा गीतको भिडियोको निर्देशन शिव विकले गरेका हु । आरजे डिजेको र्याप समेत मिसाए आफुले एकपटक एकसाथ गीतमा युवादेखि बुद्धासम्मको मन जित्ने दावी गायकले गरे ।

उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् । ‘डान्सिङ नम्बरका गीतमा दर्शकको चासो बढी छ । त्यसयकारण पहिलो पटक लोकभाकाको डान्सिङ गीत ल्याएको हो’ उनले भने । अर्जुन तिवारीले छायाकंन रहेको भिडियोमा अर्की मोडल प्रकुती लामिछाने र स्वय आरजे डिजेले पनि अभिनय गरेका छन् । प्यासीका यसअघि ए काली, ट्राफिक जाम, माईली रुचाइएका गीतमा पर्छन् ।