विन्ध्यवासिनी पुज्दै पोइ पर्यो काले सुरु

काठमाडौं । पोखराको विन्ध्यवासिनी मन्दिरको पुजा गर्दै फिल्म ‘पोई पर्यो काले’को छायांकन बुधबारबाट सुरु भएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने यो फिल्ममा शिशिर राणाको लेखन तथा निर्देशन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राईको लगानी रहेको फिल्ममा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको यस फिल्ममा सुरक्षा पन्त, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारको पनि अभिनय रहनेछ ।

शिव ढकालको छायांकन रहने फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ । फिल्म कात्तिक ८ गतेबाट रिलिज हुनेछ ।