मनाङमा लभ डायरिजको सुन्यौ कि सुनेनौ

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशन रहेको फिल्म ‘लभ डायरीज’को पहिलो प्रेमभावको गीत ‘सुन्यौ कि सुनेनौ’ सार्वजनिक भएको छ । बोलको गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापा फिचर्ड छन् ।

संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । मनाङको भर्जिन लोकेशनमा छायांकन गरिएको भिडियालाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोलाई सञ्जय लामाले छायाँकन गरेका हुन् । फिल्ममा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

लभस्टोरी कथामा निर्माण भएको फिल्मको कथा मधु बास्तोलाले लेखेका हुन् । भने, पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा सह–निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् ।